काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

मतदाताको गोपनीयता भङ्ग नगर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौँको चेतावनी

सामाजिक सञ्जाल र अनलाइन माध्यममा मत माग्ने वा मत सोध्ने गतिविधि रोक्न आग्रह, आचारसंहिता उल्लङ्घन भए कानुनी कारबाही हुने

2.72K
shares

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग कसलाई मत दिने भन्ने प्रश्न सोध्दै गोपनीयता भङ्ग गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सर्वसाधारणलाई सचेत गराएको छ।

कार्यालयका अनुसार मतदाताको गोपनीयता भङ्ग गर्ने वा निर्वाचन प्रभावित हुने किसिमका गतिविधि आचारसंहिता विपरीत हुन्। यस्तो कार्य निरन्तर दोहोरिए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।निर्वाचन नियमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुनुभन्दा १७ दिनअघिदेखि मात्र औपचारिक प्रचारप्रसार गर्न पाइन्छ। सो अवधिमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममार्फत प्रचार सामग्री प्रकाशन–प्रसारण तथा घरदैलो कार्यक्रम गर्न मिल्ने व्यवस्था छ।

तर निर्धारित समयभन्दा अगावै प्रचारप्रसार, कोणसभा, सामग्री प्रकाशन–प्रसारण र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने गतिविधि भइरहेको जानकारी प्राप्त भएपछि कार्यालयले ध्यानाकर्षण गराएको हो।आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न सबै पक्षलाई आग्रह गरेका छन्।