काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सरकारको पछिल्लो निर्णय : इम्बोस्ड नम्बर प्लेट अब स्वेच्छिक मात्र

2.9K
shares

काठमाडौं, १० भदौ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने अघिल्लो निर्णयबाट सरकार पछाडि हटेको छ। अब भने यो प्रक्रिया बाध्यकारी नभई स्वेच्छिक हुने भएको छ।यातायात व्यवस्था विभागले आइतबार जारी गरेको विज्ञप्तिमा अब सवारी दर्ता, नामसारी वा नवीकरण गर्दा पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य नरहने स्पष्ट गरिएको छ। यसअघि असोज १ भित्र जडान नगरे जरिवाना हुने भनिएको थियो।विभागले त्यस्तो प्रचारलाई ‘भ्रम’ भन्दै तत्काल कुनै जरिवाना वा कारबाही नहुने जानकारी दिएको छ। वाहनधारकले आफ्नो सुविधाअनुसार उपयुक्त समयमा नम्बर प्लेट जडान गर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

त्यस्तै, इम्बोस्ड नम्बर प्लेटको विवरण विदेशीको हातमा पुग्ने र राष्ट्रिय सुरक्षामा खतरा हुने भन्ने आशंका पनि विभागले असत्य ठहर गरेको छ। विभागका अनुसार सम्पूर्ण तथ्याङ्क विभागकै परिसरमा रहेको डाटा सुरक्षा केन्द्रमा सुरक्षित राखिने व्यवस्था गरिएको छ।