काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र समुद्री मार्गमा आक्रमणका कारण विश्व बजारमा कच्चा तेलको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

रुपन्देही उपनिर्वाचनका लागि २६ दल दर्ता

1.56K
shares

काठमाडौँ, ३ भदौ । रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म दर्ता आवेदन दिएका २७ मध्ये २६ दलले आवश्यक मापदण्ड पूरा गरेका हुन्।
दर्ता भएका दलमध्ये नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख दल छन्। यस्तै, मंगोल नेशनल अर्गनाइजेसन, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेकपा (पुष्पलाल समूह), संयुक्त नागरिक पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), खम्बुवान राष्ट्रिय मोर्चा लगायतका दल पनि उपनिर्वाचनमा प्रतिस्पर्धी बन्नेछन्। आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दर्ता प्रक्रिया सम्पन्न गरेको जनाएको छ।