रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिँदै
वि.सं.२०८२ साउन ३१ शनिवार १५:३९
shares
काठमाडौं, साउन ३१ । सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ ।कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय गरिएको हो ।उक्त निर्णयको पत्र शुक्रबार रुपन्देही कारागारमा पठाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।



















