काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

झुटो प्रचारबाजीको चपेटामा पार्न खोजिएको भन्दै सांसद राजन दाहालको गम्भीर आपत्ति

5.01K
shares

काठमाडौं,१५ साउन ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रतिनिधिसभा सदस्य राजन दाहालले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति कडा आपत्ति जनाएका छन्। सिन्धुली क्षेत्र नम्बर २ का सांसद दाहालले हालै माओवादी केन्द्रभित्र देखिएको आन्तरिक असमझदारीको पृष्ठभूमिमा आफ्नो चरित्र हत्या गर्न नियोजित प्रयास भइरहेको आरोप लगाएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको मतभेद सतहमा आएपछि प्रचण्डको पक्षमा उभिएका दाहालमाथि केही समूहले अनर्गल आरोप लगाउन थालेका हुन्।

सांसद दाहालका अनुसार जनयुद्धको समयको एउटा पुरानो घटनालाई तोडमोड गरी आत्मसमर्पण गरेको भन्दै सामाजिक सञ्जालमा गलत ढंगले प्रचार गरिएको छ। माघ १, २०५३ मा सिन्धुलीगढी प्रहरी चौकी आक्रमणसँग सम्बन्धित मुद्दामा मैले अदालतबाट फैसला अनुसार दुई वर्षको सजाय र जरिवाना तिरेर कानुनी रूपमा मुक्त भएको हुँ, दाहालले स्पष्ट पारे।

उनले जनाएअनुसार, सो सजायपछि पार्टीले दिएको जिम्मेवारीमा पुनः सक्रिय भई निरन्तर क्रियाशील रहँदै आएका छन्। तर हाल पार्टी अनुशासन उल्लंघन र शहीद परिवारसँग अनैतिक सम्बन्धका कारण कारबाहीमा परेका केही व्यक्तिहरूले पुरानो घटनालाई तोडमोड गर्दै सामाजिक सञ्जालमा भ्रामक कथा फैलाइरहेका छन्।

यस्ता झुटा प्रचारमा आधारित भएर समाचार बनाउनु निन्दनीय छ,दाहालले भने, म आफैंले कुनैपनि अनैतिक कार्य गरेको छैन, न त सो मुद्दामा मेरो प्रत्यक्ष संलग्नता छ। यस्तो आधारहीन प्रचारको म घोर भर्त्सना गर्दछु। सांसद दाहालले आम नागरिक, पार्टी कार्यकर्ता र संचारकर्मीहरूलाई सत्य तथ्य बुझेर मात्र धारणा बनाउने र भ्रामक सामग्रीको पछाडि नलाग्न आग्रह गरेका छन्।