काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सकिएपछि अहिले सबैको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

एसईई नतिजा प्रकाशनको तयारी, बोर्ड बैठक बस्दै

5.4K
shares

काठमाडौं, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको छ। बैठकले नतिजा प्रकाशनसम्बन्धी आवश्यक निर्णयहरू गर्नेछ।बोर्डका अनुसार नतिजा प्रकाशनअघि प्राविधिक परीक्षण तथा अन्तिम प्रमाणीकरणका कामहरू पूरा हुँदै छन्। सबै प्राविधिक प्रक्रिया पूरा भएपछि आजै वा भोलि नतिजा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ। यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र अंक प्रविष्टिको काम पूरा भइसकेको बोर्ड स्रोतले जनाएको छ। बोर्ड बैठकले नतिजा सार्वजनिकको मिति, समय र विधि तय गर्नेछ। नतिजा एसएमएस, वेबसाइट तथा मोबाइल एपमार्फत सार्वजनिक गरिने बताइएको छ।