काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

साइबर अपराध मुद्दामा अनुसन्धानको तयारी, तर अदालतले पाठक पक्राउमा लगायो ‘ब्रेक’

2.55K
shares

काठमाडौं — नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकमाथि अनुसन्धान अघि बढाउन जिल्ला अदालतबाट अनुमति लिइसकेको थियो। तर पाठकले आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको भन्दै अदालत पुगेपछि उच्च अदालत पाटनले पक्राउमा रोक लगाउने आदेश दिएको छ। सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गर्दै प्रहरीलाई पाठकलाई तत्काल नपक्रन भनेको हो।