काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

रास्वपाको विरोधका बीच प्रतिनिधि सभाको बैठक बस्दै

1.63K
shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे बस्ने तालिका रहेको छ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका दल सहमतिमा आएपनि रास्वपा आफ्नो अडानमा कायम रहेका कारण आजको बैठक पनि सहज रुपमा संचालन हुने अन्योलता रहेको छ  । यसअघि शुक्रबारको बैठक  रास्वपाका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेको अवस्थामा संचालन गरिएको थियो । रास्वपाले आफ्नो विरोध जारी राख्ने बताएको छ भने माओवादीसँग सम्झौता भएपछि सत्ता पक्षले अब संसद नाराबाजीका बीचमै चलाउने संकेत दिएको छ । आजको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि छलफल गर्ने एजेण्डा रहेको छ ।