काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

गोदावरीमा बस दुर्घटना

2.29K
shares


अत्तरीया–गोदावरीमा बस दुर्घटना भएको छ। गोदावरी पुल नजिक पार्किङ गरेर राखेको लु २ ख ४९४० नम्बरको बस करिब ५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

बस चालक बुटवलका योगेश पुनले रोकीराखेको अवस्थामा पछाडीको चक्काको हावा निस्कदा बस तल खसेको जनाइएको छ। बुधबार बिहान सडक भन्दा तल खसेको बस माथी निकाल्ने प्रयास भइरहेको गोदावरीका असई लक्ष्मण कुवरले जानकारी दिए। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।