काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

आजको राशीफल,२०८३ साल कार्तिक २७ गते शुक्रबार।इस्वी संवत् २०२६ नोभेम्बर १३ तारिख

1.52K
shares
काठमाडौं । आज २०८३ साल कार्तिक २७ गते शुक्रबार। आज इस्वी संवत् २०२६ नोभेम्बर १३ तारिख, श्रीशाके १९४८, नेपाल संवत् ११४७, रौद्र नामको संवत्सर रहेको छ। सूर्य दक्षिणायनमा र शरद ऋतु चलिरहेको छ। चान्द्रमानअनुसार कार्तिक शुक्लपक्षको चतुर्थी तिथि रहेको छ।
आज चतुर्थी तिथि साँझ ६ः१७ बजेसम्म रहनेछ। त्यसपछि पञ्चमी तिथि प्रारम्भ हुनेछ। मूल नक्षत्र अपराह्न ४ः११ बजेसम्म रहनेछ भने त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ। धृति योग राति ५ः०८ बजेसम्म रहनेछ। त्यसपछि शूल योग प्रारम्भ हुनेछ। करणमा वणिज रहनेछ।
सूर्य तुला राशिमा र चन्द्रमा धनु राशिमा रहनेछन्। आजको सूर्योदय बिहान ६ः२४ बजे र सूर्यास्त साँझ ५ः११ बजे हुनेछ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई नविनीकरण गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँगको मित्रता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई नविनीकरण गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँगको मित्रता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

 

वृष राशि : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। समयमा कार्य सम्पन्न गर्न नसकेपनि योजनाहरू बनाउन सक्नुहुनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

 

मिथुन राशि : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक सुधारका प्रयासहरू सफल रहनेछन्। आफन्तहरूको साथ मिल्नाले हिम्मत बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

 

कर्कट राशि : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा वेबास्ता गर्दा ठूलो नोक्सान खेप्नु पर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

 

सिंह राशि : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सहयोगीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

 

कन्या राशि : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुभवको कमी सफलतामा बाधक बन्न सक्छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक रोजगार सफल रहनेछ। नयाँ कार्यको थालनिको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

 

तुला राशि : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

 

वृश्चिक राशि : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक र सामाजिक स्थिती सबल हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

 

धनु राशि : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यर्थको कुरामा व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्न सक्छ । आकस्मिक धन लाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

 

मकर राशि : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

 

कुम्भ राशि : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोला। स्वास्थ्यको लागि आहारविहारमा सजग रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामान्य कामको लागि पनि दौडधुप गर्नुपर्ने रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

 

मीन राशि : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन मिल्दो साथी भेट्नुको साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।