काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, सवारी पार्किङका लागि आठ स्थान तोकिए

दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन, ठूला बसका लागि माइतीघर–भद्रकाली सडकखण्डमा पार्किङ व्यवस्था

1.04K
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)देखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा नेता–कार्यकर्ताका सवारीसाधन व्यवस्थापनका लागि कांग्रेसले काठमाडौंका विभिन्न आठ स्थानमा पार्किङको व्यवस्था मिलाएको छ ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार प्रतिनिधि तथा सहभागीका सवारीसाधन पार्किङका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थल तोकिएको छ ।त्यस्तै काठमाडौं उपत्यकाबाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागमा पार्किङको व्यवस्था गरिएको छ ।

यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग आवश्यक समन्वय गरिएको यातायात व्यवस्थापन समितिका संयोजक स्वाँरले जानकारी दिए ।कांग्रेसका अनुसार धरहरा अन्डरग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थल प्रयोग गर्दा शुल्क लाग्नेछ । अन्य तोकिएका स्थानमा भने निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।कांग्रेसले महाधिवेशनमा सहभागी हुने नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई आफू आएको क्षेत्रअनुसार तोकिएको पार्किङ स्थलमै सवारीसाधन व्यवस्थापन गर्न आग्रह गरेको छ ।तोकिएको स्थानमा सवारीसाधन पार्किङ गर्दा महाधिवेशन स्थल आसपासको सवारी आवागमन व्यवस्थापन गर्न सहज हुने कांग्रेसले जनाएको छ ।महाधिवेशनलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको कांग्रेसले जनाएको छ । उपत्यकाबाहिरबाट आउने ठूला बसलाई समेत छुट्टै स्थानमा पार्किङको व्यवस्था गरिएकाले खुलामञ्च आसपासमा अनावश्यक सवारी चाप कम गर्ने लक्ष्य राखिएको छ ।