आजको राशिफल : कुन राशिका लागि शुभ छ सोमबार ?
मेषदेखि मीनसम्मको राशिफल : वैदेशिक यात्रा, व्यापार, धनलाभ र पारिवारिक सुखको योग
वि.सं.२०८३ भदौ २२ सोमवार ०७:१४
shares

आजको पञ्चाङ्गः वि.सं.२०८३ साल भाद्र २२ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–एकादशी, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु, बेलुकी ६ बजेर २२ मिनेट उप्रान्त तिष्य । योग–व्यातिपात, बिहान ७ बजेर ४७ मिनेट उप्रान्त वरियान । करण–बालव, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त कौलव, रातको २ बजेर ५३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन, मध्यान्ह १२ बजेर ४५ मिनेट उप्रान्त कर्कट ।काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १६ मिनेट । दिनमान ३१ घडी १८ पला ।
राशिफलः
मेष राशि:नसा तथा जोर्नीसम्बन्धी समस्याले सताउन सक्छ। अल्छिपना बढ्नेछ। वैदेशिक यात्रा तथा नयाँ कार्यको शुभारम्भका लागि समय उत्तम छ। कुलदेवतालाई मिष्ठान्न अर्पण गरी दिनको सुरुवात गर्नुहोला।शुभ रङ:खैरो।शुभ अङ्क: ३
वृष राशि:ज्येष्ठ नागरिकको सम्मान र सेवा गर्ने अवसर प्राप्त हुनेछ। बोलीको प्रभावले रोकिएका महत्त्वपूर्ण काम बन्नेछन्। आज गरिब तथा असहायलाई खिर भोजन गराउनु शुभ हुनेछ।शुभरङ:हल्का सेतो|शुभअङ्क: ७
मिथुन राशि:आजको दिन अत्यन्त शुभ छ। नयाँ योजना बनाउन र नयाँ कामको शुभारम्भ गर्न समय अनुकूल छ। पारिवारिक सुख मिल्नेछ। गुरु तथा मातापिताको सेवा गर्नुहोला। आज केरा दान गर्दा कल्याण हुनेछ।शुभरङ:कालो|शुभअङ्क: १
कर्कट राशि:नयाँ वस्तुको खरिद-बिक्रीका लागि दिन शुभ छ। निर्माणसम्बन्धी कार्य अगाडि बढाउन आजको दिन महत्त्वपूर्ण रहनेछ। आज चिनी वा मिस्री दान गर्नाले शुभ फल प्राप्त हुनेछ।शुभ रङ:गाढा सेतो|शुभअङ्क: ९
सिंह राशि:शरीरमा स्फूर्ति रहनेछ र नयाँ अवसरहरू प्राप्त हुने योग छ। सामान्य हाडजोर्नीमा चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहनुहोला। आमाबुवाको आशीर्वाद लिएर दिनको शुभारम्भ गर्नुहोला।शुभ रङ:हरियो|शुभ अङ्क: १३
कन्या राशि:जागिरमा सोचेजस्तो लाभ नमिल्न सक्छ, तर व्यापार-व्यवसायबाट राम्रो लाभ हुनेछ। मावली तथा माइती पक्षबाट सुख प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध स्थिर रहनेछ। आज मुँगको दाल दान गरेर दिनको सुरुवात गर्नुहोला।शुभ रङ:कालो|शुभअङ्क: ४
तुला राशि:घमण्ड र अभिमान घट्दै जानेछ। व्यापारमा लाभ मिल्नेछ। दाजुभाइसँगको सम्बन्धमा केही खटपट हुन सक्छ। विपरीत लिङ्गीप्रतिको आकर्षण बढ्नेछ। आज फलामजन्य वस्तुको प्रयोग कम गर्नुहोला।शुभरङ:हरियो|शुभ अङ्क: २
वृश्चिक राशि:पराक्रम र उत्साह बढ्ने समय छ। सञ्चारका माध्यमबाट शुभ समाचार पाइनेछ। रोकिएका कामहरू बन्दै जानेछन्। पारिवारिक सुख प्राप्त हुनेछ। साँझपख पिपलको वृक्षको दर्शन गर्दा शुभ हुनेछ।शुभ रङ:बैजनी|शुभअङ्क: ८
धनु राशि:पारिवारिक झैझगडा र झमेला बढ्न सक्छ। मन उदास हुने र एकान्त प्रिय लाग्नेछ। काम गर्ने जाँगरमा कमी आउनेछ भने बोलीमा रुखोपन आउन सक्छ। आज शनि चालिसा पाठ गरी दिनको सुरुवात गर्नुहोला।शुभ रङ:पहेँलो|शुभअङ्क: ५
मकर राशि:देवीदेवताको सेवा र पूजापाठ गर्ने अवसर प्राप्त हुनेछ। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। धन वृद्धि हुनेछ भने बोलीको प्रभाव बढ्नेछ। आज गहुँबाट बनेका परिकार खाने र खुवाउनाले शुभ फल प्राप्त हुनेछ।शुभ रङ:निलो|शुभअङ्क: १२
कुम्भ राशि:मनोरञ्जनमा दिन बित्नेछ। सोचेका कामहरू पूरा हुनेछन्। आज कसैको पनि अपमान नगर्नुहोला, ईश्वरको कृपा प्राप्त हुनेछ। जीवनसाथी वा साझेदारसँग राम्रो सम्बन्ध कायम राख्दा फाइदा हुनेछ।शुभ रङ:सेतो|शुभअङ्क: ६
मीन राशि:भगवान् शिवको दर्शन गरी दिनको शुभारम्भ गर्नुहोला। सन्तानबाट सुख प्राप्त हुनेछ। धन-सम्पत्ति तथा रत्न आदिबाट लाभ मिल्नेछ। पेटसम्बन्धी समस्या भने कायमै रहन सक्छ।शुभरङ:पहेँलो|शुभअङ्क: १७














