आजको राशिफल : वि.सं.२०८३ साल भाद्र २१ गते । आइतबार ।सन२०२६ सेप्टेम्बर ६ तारिख
मेषदेखि मीनसम्मका १२ राशिको आजको राशिफल, शुभ समय, शुभ रङ्ग, शुभ अङ्क र दिन शुभ बनाउन अपनाउनुपर्ने उपाय
वि.सं.२०८३ भदौ २१ आइतवार ०७:१८
shares

वि.सं.२०८३ साल भाद्र २१ गते । आइतबार । ईश्वी सन् २०२६ सेप्टेम्बर ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–दशमी, बेलुकी ६ बजेर २५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–आद्र्रा, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त पुनर्वशु ।योग– सिद्धि, बिहान १० बजेर ५१ मिनेट उप्रान्त व्यातिपात । करण–वणिज, बिहान ७ बजेर ३८ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर २५ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मिथुन ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३१ घडी २२ पला ।
मेष राशि:विद्युतीय उपकरणको कारोबार तथा प्रयोगमा सावधानी अपनाउनुहोला। ज्ञान आर्जन हुने समय छ। दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय विशेष शुभ रहनेछ। आज तामाको कलशलाई धोएर/टोकेर दर्शन गरी दिनको सुरुवात गर्नुहोला।शुभ रङ्ग: कलेजी, शुभ अङ्क: ३
वृष राशि:सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ भने कारोबारमा सामान्य झमेला हुनसक्छ। मन प्रसन्न रहनेछ। आज गाईलाई गुलियो खानेकुरा खुवाएर दिनको शुभारम्भ गर्नुहोला।शुभ रङ्ग: सेतो, शुभ अङ्क: १३
मिथुन राशि:यात्राको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। बिहान १२ बजेसम्मको समय अनुकूल छ। आकस्मिक धन लाभको योग छ। आज पुस्तक दान गरेमा दिन शुभ हुनेछ।शुभ रङ्ग: हल्का नीलो, शुभ अङ्क: ४
कर्कट राशि:स्वास्थ्यमा सामान्य गडबडी हुनसक्छ। काममा भने सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ। आज चाँदीको गहना लगाउनाले शुभ फल प्राप्त हुनेछ।शुभ रङ्ग: पहेँलो, शुभ अङ्क: ७
सिंह राशि:पुराना मित्रसँग भेटघाटको अवसर जुर्नेछ। दिउँसो १ बजेदेखि २ बजेसम्म शुभ काम नगर्नुहोला। दाम्पत्य जीवनमा सुख रहनेछ। आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।शुभ रङ्ग: खैरो, शुभ अङ्क: २
कन्या राशि:धर्मप्रति आस्था बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। घरायसी समस्याले साँझतिर अलि निराशा छाउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।शुभ रङ्ग: कालो, शुभ अङ्क: ७
तुला राशि:दम्पतीबिच विवाद बढ्नसक्छ। कार्यक्षेत्रमा भने लाभ मिल्नेछ। केही धन क्षति हुने र घमण्ड बढ्ने योग भएकाले बोलीमा संयम अपनाउनुहोला। कालो वस्तुको प्रयोग कम गर्नुहोला।शुभ रङ्ग: रातो, शुभ अङ्क: १८
वृश्चिक राशि:नेतृत्व लिने अवसर प्राप्त हुनेछ। दिन शुभ छ। आज नयाँ कार्यको सुरुवात वा योजना बनाउन सकिनेछ। साझेदारीको कामबाट लाभ हुनेछ। आज हरियो वस्तुको प्रयोग गर्नु शुभ रहनेछ।शुभ रङ्ग: हल्का रातो, शुभ अङ्क: ५
धनु राशि:पारिवारिक झमेला बढ्न सक्छ। मन केही उदास हुनेछ। गीतसङ्गीत र साहित्यमा रुचि बढ्नेछ। पितृहरूको सेवा गर्ने अवसर मिल्नेछ। आज हनुमान चालीसा पाठ गरेर दिनको सुरुवात गर्नुहोला।शुभ रङ्ग: गुलाबी, शुभ अङ्क: १
मकर राशि:मानसिक तनाव बढ्न सक्छ। साँझपखको समय भने शुभ छ। आफन्तबाट लाभ मिल्नेछ। काममा केही झञ्झट हुनसक्छ। आज आदित्य हृदय स्तोत्रको पाठ गरेर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।शुभ रङ्ग: कालो, शुभ अङ्क: ७
कुम्भ राशि:व्यापार तथा नोकरीमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ। परिवारमा भने वैचारिक मतभेद रहन सक्छ। आज गुड (गुँड/सखर) दान गरेर दिनको शुभारम्भ गर्नुहोला। रातो वस्तुको प्रयोग नगर्नुहोला।शुभ रङ्ग: सिम्रिक, शुभ अङ्क: ११
मीन राशि:मन शान्त रहनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापार-व्यवसायमा सफलता मिल्नेछ। आज ब्राह्मण वा कन्यालाई भोजन गराउनाले दिन शुभ रहनेछ।शुभ रङ्ग: हल्का कालो, शुभ अङ्क: ६














