आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
देशभर हिन्दु धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक पर्व मनाउँदै, नयाँ जनै धारण र रक्षाबन्धन बाँध्ने परम्परा
वि.सं.२०८३ भदौ १२ शुक्रवार ०७:४७
shares

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् ।
यस अवसरमा श्रद्धालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी सप्तऋषिको पूजा अर्चना तथा तर्पण गर्ने परम्परा छ । गुरु पुरोहितबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने तथा तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा पनि आजै गरिन्छ ।त्यसैगरी दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने तथा दाजुभाइले उपहार र रक्षाको वचन दिने चलन रहेको छ ।रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले धार्मिक र सांस्कृतिक महत्वसँगै पारिवारिक सम्बन्ध तथा आपसी सद्भावलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ ।




















