काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मंगलबार बिहान...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

संघीय संसदका चार समितिको आज बैठक, पर्यटनदेखि विधेयकसम्म छलफल हुने

आरोग्य वर्ष २०२७ को तयारी, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक र संसदीय सुनुवाइका विषयमा छलफल हुँदै

1.72K
shares

काठमाडौं, १७ असार । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछन् ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।  

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुनेछ भने साथै, नेपाल नागरिक उड्‍डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल गरिने भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ९ः३० बजे सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान ९ः०० बजे बोलाइएको छ । शिक्षा समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गरिनेछ ।र, बिहान ९ः३० बजेवाट सुरू हुने संसदीय सुनुवाइ समितिमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा हुने संसद सचिवालयले जनाएको छ।