काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन पूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

रास्वपाको जिल्ला अधिवेशन जारी, आज २९ जिल्लामा हुँदै

1.72K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज (आइतबार) देशका २९ जिल्लामा जिल्ला अधिवेशन आयोजना गर्दैछ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार कोशी प्रदेशका ४, मधेश प्रदेशका ४, बागमती प्रदेशका २, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशका ३, कर्णाली प्रदेशका ६ तथा सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा आज अधिवेशन हुन लागेको हो।

यसअघि शनिबार देशका विभिन्न ३६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको थियो। पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै अधिकांश जिल्लामा संगठनात्मक संरचना निर्माण र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

रास्वपाले विशेष संगठनात्मक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि तय गरेको छ।पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। यससँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लामा नेतृत्व चयन प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।

रास्वपाका अनुसार बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि आयोजना गरिनेछ।