काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् । निजी क्षेत्र प्रवर्द्धन, डिजिटल प्रविधि, रोजगारी, राष्ट्रिय गौरवका आयोजना र आर्थिक सुधारलाई प्राथमिकता दिइने तयारी।

2.34K
shares

काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछ। दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

यसपटकको बजेटलाई सरकारले आर्थिक सुधार र संरचनात्मक रूपान्तरणको आधार वर्षका रूपमा लिएको छ। अनावश्यक सरकारी खर्च कटौती गर्दै निजी क्षेत्रलाई प्रोत्साहन, सुशासन, लगानी आकर्षण, डिजिटल प्रविधिको विस्तार, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि मुख्य प्राथमिकतामा परेका छन्।

सरकारले वर्षौंदेखि अलपत्र रहेका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चित गरी तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ। साथै कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान खारेज गर्ने संकेत पनि बजेटमार्फत आउने सम्भावना छ।

शिक्षक र निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि, व्यक्तिगत आयकर सीमा विस्तार तथा कर प्रणालीलाई समयानुकूल बनाउने कार्यक्रमसमेत बजेटमा समावेश हुने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयले उपभोग र लगानी बढाएर आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्‍याउने लक्ष्य लिएको छ। यस वर्षको बजेटको आकार २० खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ।