काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजदेखि पुनः खुल्यो मतदाता नामावली दर्ता, राष्ट्रिय परिचयपत्र भएकालाई अनलाइनमै सहज सेवा

गत मङ्सिरदेखि रोकिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निर्वाचन आयोगले आइतबारदेखि पुनः सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

1.26K
shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आज आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। आयोगको चैत १८ गते बसेको बैठकले गत मङ्सिर ६ देखि रोकिएको प्रक्रिया फेरि सुरु गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका अनुसार यसपटक सेवा प्रणालीलाई थप डिजिटल र सेवाग्राहीमैत्री बनाइएको छ। विशेषगरी राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न सक्नेछन्।त्यस्तै, राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकका लागि आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणाली मार्फत पहिला अनलाइन फारम भर्नुपर्नेछ। त्यसपछि फोटो, औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था कायम छ।

आयोगले नयाँ नाम दर्तासँगै नाम, थर, ठेगाना सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइँसम्बन्धी विवरण अद्यावधिक गर्ने सुविधा पनि अनलाइनबाटै उपलब्ध गराएको जनाएको छ। साथै एकै वडाभित्र पायक पर्ने मतदानस्थलमा नाम सार्न समेत आवेदन दिन सकिनेछ। निर्वाचन आयोगले योग्य सबै नागरिकलाई समयमै नाम दर्ता गरी आफ्नो मताधिकार सुरक्षित गर्न आग्रह गरेको छ।