काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

निर्वाचन हुन ४० दिन बाँकी, समानुपातिकतर्फ ५० लाख मतपत्र छपाइ हुन बाँकी

1.89K
shares

काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले मतपत्र छपाइलाई तीव्र बनाएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचप्रणालीतर्फका लागि आवश्यक एक करोड ५० लाख थान मतपत्रमध्ये हालसम्म एक करोड थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने बाँकी ५० लाख थान मतपत्र छपाइ गर्न बाँकी रहेको छ।

समानुपातिकतर्फको मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानाबाट सुरु गरिएको थियो। आयोगले बाँकी मतपत्र पनि तोकिएको समयसीमाभित्रै छपाइ सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ पूरा भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिने आयोगको भनाइ छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको अन्तिम नामावली यसअघि नै सार्वजनिक भइसकेको छ। आयोगले मनोनयनपत्र दर्ता प्रयोजनका लागि एक–एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइसकेको जनाएको छ, जसले निर्वाचन तयारीलाई थप सहज बनाएको छ।

आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला तथा अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन्। आयोगले शुक्रबार सबै उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान गरिसकेको छ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी दर्तादेखि उम्मेदवारी फिर्ता लिने प्रक्रियासम्मका सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई समयमै अगाडि बढाइरहेको छ।

यसैबीच, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरूले पेस गरेका उम्मेदवारको नामावलीसमेत प्रकाशित भइसकेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले सुरक्षा व्यवस्था, सामग्री व्यवस्थापन र मतदाता शिक्षाजस्ता पक्षमा पनि तयारी तीव्र पार्दै लगेको जनाएको छ।