काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

समानुपातिक बन्दसूचीबाट नाम फिर्ता गर्ने आज अन्तिम मौका

1.53K
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ बन्दसूचीमा समावेश भएका उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिन सक्ने भएका छन्। निर्वाचन आयोगका अनुसार बन्दसूचीबाट नाम हटाउन चाहने उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।

आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिम निवेदन दिनुपर्नेछ। तोकिएको ढाँचाअनुसार आवेदन नपरेमा नाम फिर्ताको प्रक्रिया मान्य नहुने आयोगको स्पष्टिकरण छ।आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले २०८२ साल पुस १३ र १४ गते पेश गरेका समानुपातिक बन्दसूचीका सन्दर्भमा यो व्यवस्था गरिएको जनाएको छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार निर्वाचन आयोग, काठमाडौंस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार स्वयं वा कानुनबमोजिमको प्रक्रिया अपनाई नाम फिर्ता लिन सकिनेछ।

निर्वाचन आयोगले बन्दसूचीमा रहेका सबै सम्बन्धित उम्मेदवारलाई तोकिएको समयसीमा भित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गर्दै समय सकिएपछि नाम फिर्ता लिन नपाइने स्पष्ट पारेको छ।