आजको राशीफलः वि.सं.२०८२ पौष १६ गते बुधवार, ई. सं. २०२५ डिसेम्बर ३१ तारिख
वि.सं.२०८२ पुस १६ बुधवार ०८:४३
shares

वि.सं. २०८२ पौष १६ गते बुधवार तदनुसार ई. सं. २०२५ डिसेम्बर ३१ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, आज काठमाण्डौमा सूर्योदय बिहान ०६:५६ बजे र सूर्यास्त साँझ ०५:१८ बजे हुनेछ, पौष शुक्लपक्ष (पोहेलाथ्व) द्वादशी तिथि, मध्यरात्रीपूर्व ११:०३ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, कृतिका नक्षत्र, मध्यरात्रीपूर्व ११:२८ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), साध्य योग, बेलुका ०७:४० बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा बब करण दिउँसो १२:१५ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपूर्व ११:०३ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य (मध्यरात्रीपूर्व ११:०३ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : कूर्म द्वादशी, मुस्याडुली, राष्ट्रिय मेलमिलाप दिवस










