काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

बालेन–लामिछाने भेट : संवादको सुरुआत मात्रै, उम्मेदवारीको टुंगो छैन

2.48K
shares

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा अहिले कुनै निर्णयको चरणमा नपुगेको स्पष्ट पारेका छन्।

सोमबार राति बालेन शाहसँग करिब ६ घण्टा लामो भेटवार्तापछि प्रतिक्रिया दिँदै लामिछानेले उक्त भेटलाई प्रारम्भिक संवादको रूपमा मात्र व्याख्या गरे। उनले भने, परिवर्तन चाहने सबै शक्तिलाई संवादमार्फत एकै ठाउँमा ल्याउने हाम्रो प्रयास निरन्तर छ। यही सन्दर्भमा छलफल अगाडि बढेको हो, तर बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने निर्णयको चरणमा हामी पुगेका छैनौँ।लामिछानेका अनुसार अहिलेको आवश्यकता भनेको एक–अर्काबीचको राजनीतिक परिस्थिति बुझ्ने र साझा धारणा निर्माणतर्फ अघि बढ्नु हो। पहिला आपसमा अवस्था बुझ्नुपर्छ, त्यसपछि मात्र राजनीतिक चरणमा प्रवेश हुन्छ, उनले थपे।

साथै उनले आफू र बालेनबीच भएको निजी भेटवार्तालाई लिएर अनावश्यक अड्कलबाजी नगर्न सबैलाई आग्रह गरेका छन्। दुई जनाबीचको संवादलाई आ–आफ्नै ढंगले व्याख्या गर्नु उपयुक्त हुँदैन, लामिछानेको भनाइ थियो।उक्त भेटवार्तालाई आगामी राजनीतिक समीकरणका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको भए पनि रास्वपाले अहिलेलाई यसलाई संवादको सुरुआत मात्र भएको जनाएको छ।