आजको राशिफल~वि.सं.२०८२ पौष ०६ गते आइतवार
वि.सं.२०८२ पुस ६ आइतवार ०७:५०
shares

आजको पञ्चाङ्ग : वि.सं. २०८२ पौष ०६ गते आइतवार, तदनुसार ई.सं. २०२५ डिसेम्बर २१ तारिख परेको छ। आज सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन र हेमन्त ऋतु रहेको छ। कलिगत ५१२६, शाके १९४७, नेपाल संवत् ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१ तथा हिजरी संवत् १४४७ चलिरहेको छ।काठमाडौँमा आज सूर्योदय बिहान ०६ बजेर ५१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ।आज पौष शुक्लपक्ष (पोहेलाथ्व) प्रतिपदा तिथि बिहान ०८ बजेर ३५ मिनेटसम्म रहनेछ। त्यसपछि द्वितीया तिथि सुरु हुनेछ। पूर्वाषाढा नक्षत्र आज भोलि बिहान ०३ बजेर ३१ मिनेटसम्म रहनेछ, त्यसपछि उत्तराषाढा नक्षत्र लाग्नेछ। चन्द्रमा आज अहोरात्र धनु राशिमा रहनेछ।
योगतर्फ बृद्धि योग साँझ ०५ बजेर १८ मिनेटसम्म रहनेछ, त्यसपछि ध्रुव योग प्रारम्भ हुनेछ। करणमा बिहान ०८:३५ बजेसम्म बब करण, त्यसपछि बेलुका ०९:१६ बजेसम्म बालब करण र अन्त्यमा कौलव करण रहनेछ।आज आनन्दादि योग शुभ मानिएको छ। चन्द्रवर्ण पहेंलो र चन्द्रदिशा पूर्वतर्फ रहेको छ। योगिनीदिशा बिहान ०८:३५ बजेसम्म पूर्व, त्यसपछि उत्तर हुनेछ। वारशूल पश्चिम दिशामा रहेको छ। वाणपञ्चकमध्ये चोर वाण दिउँसो १०:५५ बजेपछि लाग्नेछ।कालराहु चक्र अनुसार आज कालको दिशा उत्तर र पाशको दिशा दक्षिण रहेको छ। आज चन्द्रोदय (चन्द्रदर्शन) को अवसर परेको छ भने त्रिपुष्कर योग मध्यरात्रीपछि ०३ बजेर २९ मिनेटपछि लाग्ने पञ्चाङ्गमा उल्लेख छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माननीय जनहरूको मध्य तार्किक विषयलाई लिएर चर्चा रहनेछ। रचनात्मक वा लेखन कलामा निखार आउनेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको करकापमा काम गर्न बाध्य भइनेछ। श्रमको उचित मूल्यांकन नपाइएला। रोजगारलाई लिएर संघर्ष गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि प्रतिष्ठा जोगाउनको लागि सजग रहनु पर्ला। जीवनसाथीको साथ पाइनेछ। व्यापार व्यवसायमा श्रम परेपनि लाभ राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो बुद्धिमत्ताले विपरीत परिस्थितिलाई पनि अनुकूल बनाउन सकिनेछ। उधारो दिएको रकम वापस लिने समय रहेको छ। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम र मित्रताको बन्धन कसिनेछ। अध्ययन अध्यापनमा विद्यार्थीहरुलाई गुरुजनहरूको मार्गदर्शन प्राप्त हुनेछ। पछिका लागि अवसर खोजी गर्ने समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोग गर्नुभन्दा आश्वासन देखाउनेहरू धेरै भेटिनेछन्। सवारी साधन चलाउँदा यातायात नियमको पालन गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कानुनी मुद्दा मामलाहरूमा विजय भइनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौतीहरूको सामना गर्नुपर्ला। कार्यले गर्दा यात्राको अवसर दिलाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको कार्य सम्पादन हुने वा नयाँ काम पाइने योग रहेको छ। आफ्नो बोलिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवन रमाइलो रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुरालाई लिएर मनमा अशान्ति रहनेछ। नोकरी वा पेशामा झुटो आरोप लाग्न सक्ला। महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिम्मेवारी लिएर पछि नहट्नुहोला। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। प्रशंसकहरूले पनि अरूको कुरामा लागेर आलोचना गर्न सक्छन्। व्यर्थको सास्ती खेप्नु पर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विश्वासमा वृद्धिको साथै व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा सानो प्रयत्नले पनि ठूलो लाभ उठाउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।










