काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान महालक्ष्मी नगरपालिकामा सुरु

प्रविधिको सही प्रयोग - प्रमुख एजेण्डा

3.28K
shares

ललितपुर । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ। नेपालमा पनि यो अवधिलाई विभिन्न कार्यक्रममार्फत महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिएको छ।

यसै सन्दर्भमा महालक्ष्मी नगरपालिका, ललितपुरले यस वर्षको नारा “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” का साथ अभियानको औपचारिक शुभारम्भ गरेको छ। शुभारम्भ कार्यक्रममा उपमेयर लक्ष्मी महर्जनले महिला तथा बालबालिकामाथि हुने हिंसा रोकथामका लागि सम्पूर्ण समुदाय एकजुट हुनु आवश्यक रहेको उल्लेख गर्दै, नगरपालिकाले लैङ्गिक हिंसा नियन्त्रण अभियानलाई नगरबासीसँगको सहकार्यमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा डिजिटल माध्यमको दुरुपयोगले नयाँ खालका हिंसा सिर्जना हुन सक्ने उल्लेख गर्दै प्रविधि प्रयोगमा सचेतना, सुरक्षा र सीप अभिवृद्धि अत्यावश्यक रहेको निष्कर्ष साझेदारी गरियो।कार्यक्रमका सहभागी वक्ताहरुले हिंसा रोक्न सबैभन्दा प्रभावकारी उपाय समयमै गरिएको सचेतना हो, जसले सुरक्षाको पहिलो कवचको काम गर्छ भन्ने धारणा व्यक्त गरे ।

अभियानको पहिलो दिन आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना,प्रहरीबृत्त सातदोवाटोकी प्रमुख एबं प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्द,वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेल लगायत सरोकारवाला बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्द र वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेलले सहजीकरण गर्दै डिजिटल हिंसा, कानुनी व्यवस्था, तथा सुरक्षित अनलाइन व्यवहारबारे प्रशिक्षण प्रदान गरेका थिए।