काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र समुद्री मार्गमा आक्रमणका कारण विश्व बजारमा कच्चा तेलको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आगामी चुनाव : प्रतिस्पर्धी दलको संख्या ३३ पुगेसँगै चुनावी माहोल चर्किँदै

बुधबारसम्म २५ दल दर्ता भएका थिए भने बिहीबार मात्रै ८ नयाँ दल थपिएका छन्

1.43K
shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धामा सहभागी हुने राजनीतिक दलहरूको संख्या तीव्र गतिमा बढ्न थालेको छ। निर्वाचन आयोगले दल दर्ता प्रक्रिया खुला गरेसँगै हालसम्म ३३ दल आधिकारिक रूपमा दर्ता भइसकेका छन्।

आयोगले दिएको जानकारीअनुसार बुधबारसम्म २५ दल दर्ता भएका थिए भने बिहीबार मात्रै ८ नयाँ दल थपिएका छन्। नयाँ दर्ता भएका दलमध्ये निरबहादुर श्रेष्ठ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया नेतृत्वको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङ नेतृत्वको राष्ट्रिय नागरिक पार्टी र अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी प्रमुख रूपमा रहेका छन्।यससँगै सामाजिक आन्दोलनबाट उदाएका पात्रहरूको उपस्थिति पनि यसपटकको निर्वाचनमा देखिन थालिएको छ। गत भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनका क्रममा घाइते भएर एउटा खुट्टा गुमाएका राजेश पोर्तेलले नेतृत्व गरेको राष्ट्रिय परिवर्तन पार्टीले पनि बिहीबार आयोगमा दर्ता गराएको छ। २१ सदस्यीय केन्द्रीय समितिमा ४ जना बाहेक सबै सदस्य जेनजी समूहसँग सम्बद्ध रहेको बताइन्छ।

यो दल केही दिनअघि मात्रै पहिलोपटक निर्वाचन आयोगमा दर्ता भएको हो। निर्वाचनमा वैकल्पिक शक्ति र आन्दोलनरत समूहहरूको सहभागिता बढेको सन्देश दिने गरी नयाँ दलको आगमन जारी छ। दर्ता प्रक्रिया जारी रहेकाले चुनावी मैदानमा उत्रने दलहरूको संख्या अझै बढ्न सक्ने आयोगको अनुमान छ।