ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी र लुटपाटमा संलग्न १२ जना पक्राउ

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा अनारमनी, सुरुंगा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि आक्रमण भएका थिए।

2.99K
shares

काठमाडौँ — झापामा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल संग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना र ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर, अर्जुनधारा–७ का २८ वर्षीय सूरज राई, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ मा बसोबास गर्ने २२ वर्षीय साजन ल्हागुन रहेका छन्।

उनीहरूलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दामा मुद्धा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा अनारमनी, सुरुंगा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि आक्रमण भएका थिए। ती घटनाका भिडियो, फोटो र सीसीटीभी फुटेजको विश्लेषणका आधारमा अभियुक्तहरुको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त घटनामा ९९ थान हतियार लुटिएकोमा अहिलेसम्म ७७ थान हतियार फिर्ता भइसकेका छन् भने २२ थान हतियार अझै फिर्ता हुन बाँकी रहेको प्रहरीको भनाइ छ।