काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

एससिओ सम्मेलनपछि प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ

4.49K
shares

काठमाडौँ, १७ भदौ ।

चीनको थियानजिन सहरमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङतर्फ प्रस्थान गर्न लाग्नुभएको छ। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तापछि उपराष्ट्रपति चङले आयोजना गर्ने रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। यसअघि थियानजिनमै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता सम्पन्न भइसकेको छ।

प्रधानमन्त्रीको भ्रमण अन्तिम चरणमा बुधबार, भदौ १८ गते, नेपाली प्रतिनिधिमण्डलले बेइजिङमा आयोजना हुने “फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धको विजय” को ८०औँ वार्षिकोत्सव समारोहमा सहभागिता जनाउनेछ। सोही दिन प्रधानमन्त्री ओलीसहित प्रतिनिधिमण्डल नेपाल फर्किने कार्यक्रम रहेकोछ।