काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससिओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

1.78K
shares

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । उनी जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसहित उच्चपदस्थ व्यक्तिहरूले ओलीलाई बिदाइ गरेका थिए। यसअघि नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने र सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागी हुने कार्यतालिका छ। उनले चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङसहित विभिन्न राष्ट्रका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

शिखर सम्मेलनमा भाग लिने क्रममा उनले रुस, माल्दिभ्स, कम्बोडिया, लाओस र भियतनामका नेताहरूसँग द्विपक्षीय भेट तय भइसकेको संसदलाई जानकारी गराइसकेका छन्।

नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार हो। चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस यसको पूर्ण सदस्य राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलङ्का, कतार, साउदी अरब, युएई लगायतका देश संवाद साझेदारका रूपमा रहेका छन्।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, मन्त्रीहरू रघुजी पन्त, बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, छविलाल विश्वकर्मा तथा उच्च अधिकारीहरू छन्। उनी भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ।