नयाँ दिल्ली, ३० असार । भारतमा रेलका वातानुकूलित (एसी) डिब्बामा यात्रुका लागि उपलब्ध गराइने...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

परम्परागत संस्कृतिको उत्सव, गाईजात्रा आज

3.21K
shares

काठमाण्डौ, २५ साउन । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व विविध कार्यक्रमसहित मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो परम्परागत सांस्कृतिक उत्सव मृत आफन्तको सम्झनामा मनाइन्छ। दिवङ्गतको आत्माको मोक्षको कामना गर्दै गाई वा मानिसलाई गाईको रूप दिई नगरपरिक्रमा गराइन्छ। श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने चलन छ। राजा प्रताप मल्लको पालादेखि सुरु भएको यस परम्परामा हास्यव्यङ्ग्य, प्रहसन र सामाजिक विकृतिविरुद्धको व्यङ्गात्मक प्रस्तुतिहरू पनि गरिन्छ। उपत्यकामा विशेष रौनक रहने गाईजात्रा बनेपा, धुलिखेल, पनौती, पोखरा, धरान, वीरगञ्जलगायत नेवार समुदाय बसोबास भएका सहरमा पनि धुमधामका साथ मनाइन्छ। सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।