काठमाण्डौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। करिब...

पुरा पढ्नुहाेस्

थारुहरूको सांस्कृतिक उत्सव ‘गुरही’ आज हर्षोल्लासका साथ मनाइँदै ।

793
shares

घोडाघोडी, कैलाली १३ साउन — थारु समुदायले वर्षको पहिलो चाडका रूपमा मनाउने ‘गुरही’ पर्व आज कैलालीसहित विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। श्रावण शुक्ल पञ्चमी, अर्थात् नागपञ्चमीकै दिन मनाइने यो चाड थारु समुदायको मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। घोडाघोडी क्षेत्रमा स्थानीय गुरुवा, अगुवा हरुका अनुसार गुरही पूजाका माध्यमबाट विषालु सर्प, चट्याङ, रोगव्याधी र अग्नि जस्ता प्राकृतिक संकटहरूबाट रक्षा हुने जनविश्वास रहेको जनबिश्वास रहेको बताउछन्।

 नागपञ्चमीमा थारु परम्परा: गुरही पूजा जहाँ अधिकांश नेपालमा बसोवास गर्ने नेपाली हरु नागपञ्चमीमा नागदेवताको पूजा गर्छन्,त्यही दिन थारु समुदाय भने ‘गुरही’ पूजा गर्छन्। थारु अगुवा पञ्चराम चौधरी का अनुसार, ‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक हो, जसले वातावरणका हानिकारक कीटाणु र लामखुट्टेलाई आहार बनाउँछ। त्यसैले यसलाई शुभत्वको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।पर्वका केही दिनअघि घर आँगन लिपपोत गरी सरसफाइ गरिन्छ। मुख्य दिन बिहानै नुहाइधुवाइ गरी महिलाहरूले रङ्गीचङ्गी कपडाबाट ‘गुरही’ अर्थात् पुतली बनाउँछन् भने पुरुषहरूले बाँस वा जुटबाट गुरही पिट्ने लट्ठी तयार गर्छन्। साँझपख, गाउँका युवती र बालबालिका ढकियामा गुरही, भुजा, चना, मकै, केराउ आदि लिएर गाउँको चौरमा भेला हुन्छन्। अगुवाले दुबोमा गाँठो पारेर पूजाको थालनी गर्छन्। पूजापछि युवतीले गुरही चढाउँछन् र दाजुभाइहरूले गुरही पिट्छन् यो प्रक्रिया ‘गुरही असरैना’ भनिन्छ।

गुरही पिट्दा बालबालिकाले “देऊ घुघरी”, “लेउ घुघरी” जस्ता नारा लगाउँछन्। रमाइलो र हास्यव्यङ्ग्य मिश्रित यो क्रियाले गाउँबाट रोगव्याधी, अशुभ आत्माहरू भाग्ने विश्वास गरिन्छ। पछि गुरहीलाई नदी, कुलो वा खोलामा विसर्जन गरिन्छ। कपडाको टुक्रा घरको ढोकामा बाँध्ने चलन पनि छ, जसले सर्प, बिच्छी तथा अन्य संकटहरू टार्ने विश्वास गरिन्छ। पर्वको अवसरमा घोडाघोडी नगर  कार्यसमितिद्वारा सांस्कृतिक कार्यक्रम र नाचगान समेत आयोजना गरिएको छ। स्थानीय तहहरूले यो दिन सार्वजनिक बिदा दिएका छन्।