काठमाडौं, साउन ३ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

काठमाडौंको बजेट २५ अर्ब नाघ्यो, के-कस्ता योजना समेटिए ?

12.27K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आव २०८२/०८३ को लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रूपैयाँको अनुमानित बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोललले महानगरको १७औं अधिवेशनमा सो बजेट पेश गरेकी हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ ।