बुटवलपछि काठमाडौंमा पनि चटपटे स्वादको झिल्को: खुल्यो करेन्ट पोइन्ट ।
वि.सं.२०८२ असार ३० सोमवार १०:३१
shares
काठमाडौं, असार २७ । बुटवलबाट सुरु भएको पिरो स्वादको यात्राले राजधानीमा पाइला टेकेको छ। नेपाली हट एण्ड स्पाइसी नुडल्स प्रेमीहरूका लागि चिनिएको ‘करेन्ट नुडल्स’ को निर्माता यसोदा फुड्स ले राजधानीको अनामनगरमा आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’ को दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। बुटवलमा स्वादको तुफान ल्याएपछि कम्पनीले उपभोक्ताको मागलाई मध्यनजर गर्दै शुक्रबार, असार २७ गतेदेखि अनामनगरस्थित सिंहदरबार पूर्वगेट–न्यु प्लाजा मार्गमा नयाँ शाखा खोलेको हो।उद्घाटन समारोह कुनै सामान्य कार्यक्रम थिएन। कार्यक्रम स्थलमा अभिनेत्री तथा ब्रान्ड एम्बेसडर केकी अधिकारीको उपस्थितिले माहोल नै करेन्ट भयो। उत्साहित ग्राहक र शुभचिन्तकहरूको भीडले वातावरणलाई झनै चट्पटे बनाएको थियो।
कार्यक्रममा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेल ले भने, बुटवलको माया र सफलताले हामीलाई काठमाडौं ल्याएको हो। राजधानीमा पनि पिरो स्वादका पारखीलाई नयाँ गन्तव्य दिने हाम्रो लक्ष्य हो। यही कार्यक्रममा कम्पनीका ग्लोबल सि.ई.ओ. जीपी शाह ले करेन्ट ब्रान्ड अन्तर्गतका नुडल्स र स्न्याक्सबारे विस्तृत जानकारी दिएका थिए। उनले करेन्ट पोइन्टलाई केवल आउटलेट नभई ‘नेपाली स्वादको प्रयोगशाला’ जस्तो बनाउने योजना पनि सुनाए।
अनामनगरस्थित नयाँ आउटलेट मा ग्राहकहरूले करेन्ट नुडल्सका अनेक परिकारहरू आफ्नै रोजाइको मसला र स्वादमा चाख्न पाउनेछन्। पिरो स्वाद मन पराउनेहरूका लागि यो स्थान “अब्सोल्युट मस्ट विजिट” बन्नेछ।यस फुड्स ब्रान्डको कथा सन् २०१७ मा सुरु भएको हो। छोटो समयमा नै यसोदा फुड्सले ‘करेन्ट’ नामबाट नुडल्सदेखि चिज बल्स, पोट्याटो क्र्याकर्स र विभिन्न स्न्याक्सहरू उत्पादन गर्दै नेपालमा मात्र नभई २२ देशमा निर्यातसमेत गर्न सफल भएको छ।

















