काठमाडौँ । भदौ २३–२४ का घटनाको छानबिन गर्न गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री ओलीको स्पष्ट संकेत : सहकार्य टुट्दैन, चुनावसम्म सँगै जानेछौं

2.73K
shares

झापा, असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका हरूलाई औपचारिक रूपमा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरेका छन्। भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाको आयोजनामा आयोजित कार्यक्रममा करिब २०० जनालाई लालपूर्जा  वितरण भएको हो ।

लालपूर्जा  वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूमिविहीन नागरिकहरूलाई लालपूर्जा दिन पाउनु सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले भने, जनताको पीडा अन्त्य गर्दै देशमा स्थायित्व र समृद्धि ल्याउनु सरकारको प्राथमिकता हो।”प्रधानमन्त्रीले छिट्टै भूमिसम्बन्धी सबै समस्याको समाधान गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारे। साथै, उनले वितरण गरिएको जमिन व्यावसायिक खेतीको माध्यमबाट उत्पादनशील बनाउन आग्रह गरे।

ठूलो टुक्रा बनाएर खेती गर्न सकियो भने आम्दानी पनि बढ्छ, र देश आर्थिक रूपमा पनि सबल हुन्छ, उनले भने।ओलीले मुलुक विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै निराश हुने कुनै कारण नरहेको बताए। सरकारको एक वर्ष बितिसक्यो, अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु। त्यसपछि सहमतिअनुसार नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु, उनले स्पष्ट पारे।

कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजालले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई चरणबद्ध रूपमा लालपूर्जा वितरण गर्ने जानकारी गराए। उनले भने, पूर्वदेखि पश्चिमसम्म, महाकालीदेखि मेचीसम्मको अभियान हो यो कुनै पनि नेपाली नागरिक भूमिविहीन नहोस् भन्ने सरकारको दृढ संकल्प हो।