काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान

8.63K
shares

काठमाडौं, असार २६  सुप्रसिद्ध प्रशासक हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान’ यस वर्ष नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ। नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा बिहीबारआयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले श्रेष्ठलाई सम्मान प्रदान गरेका हुन्।श्रेष्ठलाई न्यायिक क्षेत्रको नेतृत्व, सुशासनको प्रवर्द्धन र मानवअधिकार संरक्षणमा पुर्याएको योगदानका लागि सम्मानित गरिएको जनाइएको छ।

दुई लाख रुपैयाँसहितको नगद राशी र सम्मानपत्रसहित प्रदान गरिने यो सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठको दीर्घ न्यायिक सेवाको कदरस्वरूप प्रदान गरिएको हो। उनले जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मको जिम्मेवारी सम्हाल्दै संविधान र विधिको शासनलाई बलियो बनाउने कार्यमा निर्णायक भूमिका निर्वाह गरेका थिए।सम्मान छनोट समितिका संयोजक तथा पूर्वलोक सेवा आयोग अध्यक्ष उमेश मैनालीले श्रेष्ठको संस्थागत नेतृत्व, गहिरो विचारशीलता र विवेकको मूल्याङ्कन गर्दै उहाँको नाम सिफारिस गरिएको बताए।

कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले श्रेष्ठलाई नेपालको न्याय क्षेत्रमा प्रेरणादायी र प्रतिबद्ध व्यक्तित्वको रूपमा चित्रण गर्दै विधिको शासन र न्यायपालिका स्वतन्त्रताको संरक्षणमा उहाँको योगदान स्मरणीय रहेको बताए।सम्मान ग्रहणपछि बोल्दै श्रेष्ठले राज्यका निकायहरूले जवाफदेही रूपमा काम नगर्दा मुलुकमा सुशासन स्थापनामा चुनौती आएको बताउँदै सुधारका लागि सबै तहमा सचेतना आवश्यक रहेको धारणा राखे।

साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले संस्थाले सार्वजनिक सेवा प्रवाहमा गरेको योगदान उल्लेख गर्दै संस्थापक मल्लको दृष्टिकोणअनुसार कामलाई निरन्तरता दिइरहेको बताए।हेमबहादुर मल्ल सम्मान २०७५ सालदेखि प्रदान गर्न थालिएको हो। यसअघि केदारभक्त माथेमा, डा. भगवान कोइराला, महावीर पुन, कुलमान घिसिङ, डा. सन्दुक रुइतलगायत विशिष्ट व्यक्तित्वहरू यो सम्मानबाट विभूषित भइसकेका छन्।