काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

बैरागीको नेतृत्वमा समिति बनाएकोमा माओवादीद्दारा खुसी ब्यक्त

6.41K
shares

काठमाडौं, १० असार । भिजिट भिषा प्रकरणमा शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ ।सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग  भएको २ बुदेँ सहमति अनुसार छानबिन समिति बनाएको भन्दै माओवादी केन्द्रले खुसी ब्यक्त गरेको हो  ।

माओवादी केन्द्रका नेता बर्षमान पुनले आफ्नो पाटीँसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिए । ‘यो प्रकरणमा एकातिर संवैधानिक निकाय अख्तियारले पनि छानबिन गरिरहेको छ, यो छानबिन निष्पक्ष रूपले होस् र हुनेछ भन्ने हाम्रो अपेक्षा छ, अख्तियारको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू रहेका छन्, जुन बिषयमा समितिले अध्ययन गर्नेछ।’ बैरागी नेतृत्वको समितिले तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास पुनले गरेका छन ।सरकारले हिजो बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो, जसको जानकारी गृह मन्त्री रमेश लेखकले आज संसदमा गराएका थिए ।