काठमाडौँ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आलमलाई सफाई दिने उच्च अदालतका न्यायाधीश थारूमाथि कालोमोसो प्रहार

1.92K
shares

वीरगन्ज । कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि कालोमोसो प्रहार भएको छ ।बिहीबार वीरगन्जमा इजलास बसिरहँदा नेकपा बहुमतका कार्यकर्ताहरुले न्यायाधीश थारूमाथि कालोमोसो प्रहार गरेका हुन् ।उनीहरुले जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्नेहरुमाथि नेकपा बहुमतले यसरी नै कारबाही गर्ने बताएका छन् । कालोमोसो प्रहार गरेपछि उनीहरुले भिडिओ बनाएर सार्वजनिक गरेका थिए ।न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउदै आलमलाई सफाई दिएको थियो ।