काठमाडौँ । देशभर मौसम प्रणाली सक्रिय हुँदा आज अधिकांश स्थानमा बदली र वर्षाको अवस्था...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रतिनिधि सभाको बैठक आजपनि, सहमतिको प्रयास जारी

6.59K
shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराहन्न ३ बजेदेखि बैठक बस्दैछ । भिजिट भिसा प्रकरणमा दलहरुबीच सहमति नभएकाले आजको बैठक बस्ने बारे अन्योलता कायम रहेको छ ।

सहमति नजिक पुगेको भनिएपनि रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको आफ्नो अडानबाट पछि नहटेकाले संसदको अवरोध कायम रहने देखिएको छ । यद्यपी दलहरुले छलफलका लागि समय मागेकाले सभामुखले मंगलबार बैठक नराखेर बुधबारसम्म सारेका थिए । तर अहिलेसम्म ठोस छलफल र सहमति नभएकोले आजको बैठक अघि छलफल हुनसक्ने बताइएको छ ।