काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नारायणी नदीको बिच भागमा फसेका २२ जनाको सकुशल उद्वार

1.73K
shares

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदिको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।नारायाणी नदिमा बाध बाधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदिको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो ।उनीहरु नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । नदिको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।