काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रधानमन्त्रीले जेठ १५ मा काठमाडौं एमालेको कब्जामा भन्ने शब्द प्रयोग नगर्नुभएको भए राम्रो हुन्थ्योः प्रमुख सचेतक घिमिरे

2.8K
shares

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक सार्वजनिक कार्यक्रममा राख्नुभएको धारणालाई काँग्रेसले सामान्य रुपमा लिएको बताउनुभएको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । शनिवार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिनुभएको थियो । सोही विषयमा सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ भन्दै जिज्ञासा राखेका थिए । जसमा काँग्रेसले प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुभएको तर एमाले भन्ने ठाउँमँ गणतन्त्रवादी जनता भन्ने शब्द राख्नुभएको हुने आफूहरुको भनाइ रहेको बताउनु भयो । गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भन्नुभएको भए हुने प्रमुख सचेतक घिमिरेको भनाइ छ ।
प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘उहाँले गणतन्त्र दिवस मनाउने सन्दर्भमा भन्न खोज्नुभएको हो । गणतन्त्र दिवस मनाउनका लागि यति संख्यामा यहाँ जम्मा हुनुपर्छ । यहाँ एमाले बाहेक केही पनि नदेखियोस् भन्नुभयो । एमाले नभनेको भए हुन्थ्यो । उहाँले नेपाली जनता, गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भन्नुभएको भए हुन्थ्यो । अलिकति बोल्ने क्रममा एमाले भन्ने शब्द प्रयोग गर्नुभयो । त्यो शब्दलाई गणतन्त्रवादी नेपाली जनता भन्नुभएको भए राम्रो हुन्थ्यो । काँग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रुपमा लिएका छाँै ।’
उहाँले कर्मचारीमाथि छानविन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने बताउनु भयो ।