काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो

910
shares

काठमाडौँ । छिमेकी मुलक भारत आधिकारिक रूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार भारतको अर्थतन्त्र ४ ट्रिलियन डलरभन्दा बढी भएको हो । भारतले जापानलाई उछिन्दै विश्वमा चौथो ठुलो अर्थतन्त्र बनेको छ ।

आइएमएफको अप्रिल २०२५ को प्रतिवेदन अनुसार भारतको अर्थतन्त्रको आकार ४.१८७ ट्रीलियन डलर पुगेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको अमेरिकाको अर्थतन्त्र ३०.५१  ट्रीलियन डलर रहेको छ भने दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र १९.२३  ट्रीलियन डलर रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको जर्मनीको ४.७४ ट्रीलियन डलर छ भने पाँचौं स्थानमा रहेको जापानको अर्थतन्त्रको आकार ४.१८६ ट्रीलियन डलर रहेको छ ।पछिल्लो १० बर्षमा भारतको अर्थतन्त्र सबैभन्दा बढी १०५ प्रतिशतले बढेको देखिएको छ । त्यस्तै चीनको ७६ प्रतिशतले, अमेरिकाको ६६ प्रतिशतले, जर्मनीको ५५ प्रतिशतले बढेको देखिएको छ ।