काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

कमल थापा पुगे लिङदेनको पार्टी कार्यालयमा, जेठ ८ वाट साँखुमा प्रदर्शन

1.95K
shares

काठमाडौं, २८ बैशाख । राप्रपा केन्द्रीय कार्यालयमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।  बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनीले आसन्न आन्दोलनको विविध पक्षमा धारणा व्यक्त गरेका छन ।

बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबर्जस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकलेजेठ १५ गते प्रारम्भ हुने उपत्यका केन्द्रीत जनआन्दोलनमा सबै पार्टी, संस्था, अभियानका सबै संरचनाहरु परिचालन गर्ने निर्णय गरेको छ ।

‘जनआन्दोलन प्रारम्भ हुनुभन्दा केही दिनअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने, यसको शुभारम्भ जेठ ८ गते काठमाण्डौंको साँखुबाट हुनेछ। जेठ ११ गतेसम्म सञ्चालन हुने प्रचारात्मक कार्यक्रम सबै नगरपालिकामा सयौं सभाहरु गर्दै भक्तपुरको चाँगुनारायणमा समापन हुनेछ,’ उनले भने, ‘जन आन्दोलनमा आम उपत्यकाबासीको सक्रिय सहभागीताका लागि टोल टोलमा घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको छ।’

यसअघि आज बिहान सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक समेत बसेको थियो ।