काठमाडौं। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङले अर्का...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग

10.76K
shares

काठमाडौं, १७ चैत । राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ।प्रेस चौतारी नेपालले पत्रकार रजकको कर्मथलो एभिन्युज टेलिभिजनमा एक शोकसभाका आयोजना गरि पीडित परिवारलाई क्षतिपुर्ति दिन पनि माग गरेको छ ।

`कथित राजावादी आन्दोलनको नाममा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक जत्थाबाट जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको कर्मथलो एभिन्यूज टेलिभजन केन्द्रीय कार्यलयमा प्रेस चौतारी नेपालले आज श्रद्धाञ्जली सभा गरेको छ,` अध्यक्ष गणेश पाण्डले जानकारी दिदै भने,  `रजकका हत्यारालाई तत्काल पहिचान गरी कार्वाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन प्रेस चौतारीले माग गरेको छ ।` गत चैत १५ गते भएको राजावादी आन्दोलनमा रजक रिपोर्टिङ गर्ने क्रममा जिऊँदै जलाएर हत्या गरिएको थियो। लुटपाटको भिडियो खिचिरहेको बेला अराजक प्रदर्शनकारीले बाहिरवाट ताल्चा लगाएर निस्कदा उनी कोठा भित्र जल्न जाँदा प्राण त्याग गर्नु परेको थियो।  परिवारले अहिलेसम्म उनको शब जिम्मा लिएको छैन् ।