काठमाण्डौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। करिब...

पुरा पढ्नुहाेस्

आजको राशीफलः आज बि.सं.२०८१ माघ १७ गते बिहिवार, ई.सं.२०२४ जनवरी ३०

689
shares

बि.सं.२०८१ माघ १७ गते बिहिवार, ई.सं.२०२४ जनवरी ३०, नेपाल सम्बत ११४५ पोहेलागा प्रतिबदा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, पञ्चाङ्ग: व्यतिपात बव श्रवण,  चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः बालव, याेगः व्यतिपात । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५: ४२  बजे हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ३० मिनेट देखि ८ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मियता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ ।

बृष (इ, उ,ए,ओ,वा,वि,वु,वे,वो) समयमा घर परिवार तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाव सिर्जना हुनेछ । र, पनि नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । धर्म सँस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, दुर्घटना नहोला भन्न सकिन्न । स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग सामान्य कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा खटपट हुने योग छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दैअघि बढ्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

सिंह (मा,सम,मु,मे,मो,टा,टि,टु,टे)  माया प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । विद्या वुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केही भए स्वतः ठीक हुनेछ । व्यापार विस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धामा सहकर्मीहरुलाई हराई नतिजा आफुतिर ल्याउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाइने हुनाले कामहरु सुस्त गतिमा अगाडि बढ्नेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा समस्या आउनेछ भने जीवन साथीसँग सामान्य कुरामा पनि मनमुटाव बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) घर परिवार तथा आफन्तहरुमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटव सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ, ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । प्रविधिको प्रयोगमार्फत  आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) आफन्त तथा ईष्टमित्रसँग मनमुटाव बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा लागनी गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ । र,पनि सांगितिक यात्रा हुने तथा गीत संगीतको आनन्द लिन पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन शुखी रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिने हुनाले सम्मान पाइनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । विशिष्ट व्यक्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईंलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।