लिटरकै साढे १३ लाख रुपैयाँ पर्ने पानी ?
वि.सं.२०८१ पुस १३ शनिवार ०९:०३
shares

टोकियो । पानी हाम्रो सर्वाधिक आधारभूत आवश्यकतामा पर्दछ । यस्तोमा पानीलाई अति विलासी वस्तुको रूपमा बेच्नु चानचुने चुनौतीको कुरा होइन । तर जापानको एउटा कम्पनीले विलासी वस्तुको रूपमा सफलतापूर्वक पानीको बेचबिखन गरेर देखाइदिएको छ । सन् २००५ मा लन्च भएको फिलिको वाटरले मानिसहरूलाई एक लिटरकै लागि लाखौं रुपैयाँ खर्च गराउने पारेको छ ।
त्यसपछि संसारभर शाही घरपरिवारमाझ यो लोकप्रिय ब्रान्ड बन्यो । हरेक बोतललाई हातैले सजाइने भएकोले कम्पनीले हरेक महिना ५ हजार बोतल मात्रै पानी उत्पादन गर्ने गरेको छ । कम्पनीको सबैभन्दा सस्तो उत्पादनको मूल्य १ हजार डलर छ । सीमित संस्करणको बोतल लिटरकै १० हजार डलर अर्थात् १३ लाख ५७ हजार नेपाली रुपैयाँमा बेच्ने गरेको छ । कम्पनीले कहिलेकाहीँ १ लाख डलर पर्ने पानीको बोतल पनि ल्याउने गरेको छ । एजेन्सी










