काठमाडौं, २५ भदौ। नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा भदौ २५ अर्थात् सेप्टेम्बर १० विभिन्न...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

फ्रान्सलाई हराउदै स्पेन युरोकपको फाइनलमा

3.15K
shares

काठमाडौँ । स्पेन युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए ।यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ बर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।यो जितपछि स्पेन पाँचौं पटक युरोकपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ ।त्यस्तै यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ ।अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्डस र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।