काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

2.93K
shares

विराटनगर । विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।
बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो ।बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले जनाएको छ ।विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने बताइएको छ ।