काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मंगलबार बिहान...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

सामुदायिक विद्यालयको सटर बन्द नगर्न आदेश काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

6.93K
shares

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतले असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकेको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।