काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

थप २७६० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

5.43K
shares

बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो ।

७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो। यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ। यसैगरी निको हुने दर ९३.७ प्रतिशत छ।