काठमाडौँ ।सरकारले सार्वजनिक निकायहरूमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई एकमुष्ट हटाउने गरी ल्याएको ‘सार्वजनिक पदाधिकारीको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशीफलः२०८३ वैशाख २० गते आइतबार, सन् २०२६, मे ३ तारिख

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।। ॐ शान्तिः शान्तिः शान्तिः 

702
shares

आजको पञ्चाङ्गः मिति २०८३ वैशाख २० गते आइतबार, इस्वीसंवत मे ३ तारिख सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको द्धितीया तिथि रातिमा १ः२४ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ। नक्षत्रमा विशाखा बिहानमा ६ः०९ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ४० घटि ३० पलासम्म त्यसपछि परिध योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३३ घटि १ पला अर्थात १३ घण्टा १५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ८ः२१ बजे र अस्ताउने समय भोलि बिहान ५ः५७ बजे रहेको छ । आज विश्व प्रेस स्वतन्त्रता दिवस र विश्व हासो दिवस रहेको छ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजनाहरू बनाउन अनुभवी व्यक्तिहरूको सहयोग लिनुहोस्। जग्गा जमीनलाई लिएर विवाद बढ्ला सावधान रहनुहोस्। आर्थिक पक्ष कमजोर रहन सक्छ धैर्य राखेर कार्य गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनुहोस्। आर्थिक समस्याको समाधान मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा विरोधीहरूले समस्या उत्पन्न गर्लान् सचेत रहनुहोस्। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। आर्थिक पक्ष सबल रहनेछ। राजकीय मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कानुनी पक्ष सबल रहनेछ। नोकरी वा पेशामा गोपनीयताको ध्यान राख्नुहोस्। दाम्पत्य जीवनमा पुराना कुरालाई लिएर मनमुटाव रहनेछ। सम्बन्धलाई महत्व दिनुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापारमा नयाँ लगानी लाभदायी रहनेछ। धार्मिक कार्यक्रमहरूमा सम्मिलित भइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तीय वा सहकारी संस्थाबाट सोचेजस्तो साथ नमिल्ला। नयाँ नोकरीको लागि संघर्ष गर्नुपर्ला। विदेशतिरबाट शुभ सूचना मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक कारोबारमा नयाँ निर्णयहरू सोचविचार गरेर लिनुहोला। सन्तानबाट शुभ सूचना मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर हुनुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ गर्दा लाभ रहनेछ। पारिवारिक दायित्वहरु निभाउनमा असफल भएको कारण मन अशान्त रहनेछ। भ्रमणको रूपरेखा बन्नेछ। नोकरी वा पेशामा रिस नगरौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा जोखिमका कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रमहरूको सम्मेलनमा सम्मान बढ्नेछ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। धैर्य राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जग्गा जमिन सम्बन्धी कानुनी मामिलाहरू सुल्झिनेछ। उच्च अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा मिठो बोलीको प्रयोग गरौं। आयस्रोत बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मांगलिक कार्यमा धन खर्च हुनेछ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता मिल्नेछ।आधिकारिक वर्गसँग काम निकाल्न गाह्रो हुनेछ। कलाको क्षेत्रमा सफलता पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा समयमा काम पूरा नहुनाले मनमा निराशा रहनेछ। स्वास्थ्य सम्वन्धि समस्या हुन सक्ला। दाम्पत्य जीवनमा मनमुटाव रहनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उचित समय पर्खिनुहोला। यात्रा गर्दा सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।