काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

थप ३ हजार ५९७ संक्रमित निको भए, २ हजार ८९२ जनामा संक्रमण पुष्टि, ४१ को मृत्यु

8.93K
shares

आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ। हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमित निको भइसकेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १८७ जना पिअिसार परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमण्का करण ९ हजार ११२ जनाको मृत्यु भइसकेको छ । यसमा गत वैशाख र जेठ महिनामा मृत्यु भएका तर अद्यावधिक नभएको संखया समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।